#Translation #Nepali
You can read the original poem in English by Mitra Visveswaran here. This is a translation in Nepali.

म र मेरो मित्रहरु इश्वरको मजाक उड़ाउछौ
उनी केवल एउटा सुकेको निर्जीव वस्तु भई
हाम्रो ढोकानिर उभिएका छन् I
नाङ्गो शरीर किशमिसको जस्तो
हाम्रो कलपनामा चाउरिएको ढोकाको बीड़ झै I
यो क्रुरतालाई के भनौ ?
बाल बालिकामा पाइने जस्तो
इश्वर, भगवान, परमेश्वर
केवल एउटा साधारण व्यक्ति हुन गएका छन् I
हेर्दा लाग्छ डल्लो परेको झिङ्गे माछा झै I
न्यासरो र निरस
मान्छेले कोरेको काल्पनिक भगवान
एउटी स्त्री बसेर हेरिरहन्छे
उसको आँखापनि झिम्कन्छ बेला बेला I
हाम्रो हासो र शब्दले उनि अपवित्र हुन्छन्
कति सजिलै
कति सजिलै I
ताकत देखाउने होड़बाजी चल्छ
नशा हो यो ताकत एक किसिमको
दगुर्दै आउछन् धर्ममा लिप्त भएका
धार्मिक बालीकाहरु I
आँखा छ तेजिलो, सहजै निकलेला जस्तो
कस्तो हो यो दृश्य? भगवाननै शायद डराउछन् होला I
भन्न मनपर्छ ती युवतीहरुलाई
हेर, तिमीले त इश्वरलाई बनाकोनै होइन I
पुरुषले मानेको हो उनलाई सर्वशेष्ठ भनेर
त्यसैले, उसको मायामा लिप्त नहौ I
पुरुषको यो प्रचारमा आफुलाई न बिर्स
तिम्रै अंगबाट निसकेको हो उ I
उही इश्वरलाई
आफ्नै प्रतिमाको उधाहरण लिएर
बनाको हो उसैले I
स्त्रीलाई पनि उसैले
दिएको हो एउटा तुच्छ दर्जा
र समर्थन थियो भगवानको I
नाक थापी उसैको स्त्रीलेपनि
के उसलाई थाहा छ भगवान मरे भनेर?
उनको मृत्यु भइसक्यो
हेर, आँखा खोलेर हेर
छाला छ नरम
झर्छ हलुङ्गो भुवा सरि I
कुनी कस्तो आवाजमा उनि कराउछन्
उ तिम्रो इश्वरनै होइन I
यदि चर्चा उनको गरेउभने
निदाउछन् उनि जोर चाप बिना I
बिस्तारै बन गरिदेउ उनको आँखाहरु
तिम्रो औलाहरु शितलमय छन् I
हे स्त्री, तिमी नीलो आगो जस्तै कोमल हुव
न्यानो पारीदेउ तिम्रो छायामा
त्यो सानो ठिटोलाई I जन्म देऊ अब नयाँ सन्तानलाई I

Translated by Anshu Chhetri
Anshu is currently an M.Phil. Scholar in the Department of English, University of North Bengal. She is also a Trainee Copywriter and an (ex) News writer. An avid reader and a literature enthusiast, she has also contributed to a number of websites. She calls herself a book-activist, and wants to encourage reading culture. Beat Generation, Bob Dylan and Beatles are her current obsession. She is also a huge Patti Smith fan.