विवाहको परम्परालाई पुर्नविचार गर्दै

#Translation #Nepali

You can read the original piece in English by Garima Mishra titled ‘Rethinking the Tradition of Marriage’ here

Rethinking the Tradition of Marriage
Rethinking the Tradition of Marriage

मेरो  परिवारले मलाई सोच्न बाध्य पारेका छन् कि वैवाहिक परम्परा के असल रूपमा भारत देखि नै शुरु भएको हो? हाम्रा पुर्खाहरुले Indus Valley को किनारमा केहि बिरुवाहरु रोपे, विवाह सम्बन्धमा जोरिये, बच्चाहरु पैदा गरे र यसरीनै गाथा शुरु भएको छ I के यसरि नै सभ्यता फैलिएर गयो त? म कोशिस गरिरहेकी छु, सभ्यताबाट ‘सभ्य’ शब्दलाई छुटाउन र यसलाई गहिराईमा बुझ्न I मेरा इतिहाशका किताबहरुले मलाई पूर्ण ज्ञान दिन सकेका छैनन् I

म प्रश्न गर्छु कि सचिनै यो सभ्यताको गाथामा सबथोक के सभ्य थियो र? कतिपय मन्दिरहरुको भीत्ताहरुलाई नियालेर हेर्दा, मुर्तिक्लाहरुले प्रदर्शन गर्छन, नारीहरुको नाङ्गो स्तन, मोटो पेट र एका अर्कालाई माया गर्दै I जबकी धेरैले यसलाई अस्लिल ठाँनछन् भने कतिले तर्क गर्ने गर्छन कि हजारौ वर्ष अघि समाज प्रगतिशील थियो अरे I शायद त्यतिबेला विवाहलाई संस्थाको रुपमा गनिन्दैनथियो होला I शायद समाज नै अवसथित थिएन होला I  

मेरो हजुरआमाको मृत्यु केहि वर्ष अघि भयो I उनको निम्ति विवाह एउटा बाचा, इज्जत, नानिहरुप्रतिको जिम्मेदारी र एउटा मिठो याद भएर गयो I म बाल्यकालमा छदा, मलाई ज्ञात थिएन कि विवाह त असलमा  एउटा सम्झौता पो रहेछ I म सोच्दथे कि विवाह प्रतिको यो ठुलो आडम्बरी तोड्न सकिन्छ र? के वैवाहिक जीवनले मनिष निराश हुन सक्छन? घरमा भन्थे कि सम्बन्ध तोड्नु वा कसै अरुसित प्रेमको सम्बन्ध राख्नु नै समाजको विरुध जानु हो I तर यी कुराहरु आजको प्रगतिशील समाज र मानिषहरुको आ-आफ्ना बिकल्पहरुसित मेल खादैन I कि कसो हो?

कहिले काही डीनर खादा, म ट्वाल परेर हेर्नेगर्चु, सुन्नेगर्चु – मेरो परिवार र उनीहरुको गफलाई I व्रत र मंगलसुत्रको कथाहरु अतीनै रोमान्चक ढंगले सुनाउने गर्छन I  मंगलसुत्र नारीको निष्ठाको प्रतिक अरे I म आफैसंग तर्क गर्छु, मेरा विचारहरु म संग लड्न खोज्जछन् I विवाहप्रतिको यो आध्यात्मिकता ले मलाई सोच्न कर लाऊछ कि- किन मानिषहरु एउटा काल्पनिक आशामा टोलिन्छन? समाधान तर्फ किन लाग्दैनन्?  

खानको टेबिलमा धेरै थोकको विवरण गर्न सकिन्छ I परबाट हेर्दा एउटा सामान्य व्यक्तिलाई लाग्नसक्छ कि- कति मेल मिलापमा बाधिएको परिवार I तर छेउबाट हेर्दा, मेरो हजुरामाको खस्रो स्वर सुनिन्छ साथै पान चबाएको रस मुखको कुनाबाट बग्दै गरेको पनि देखिन्छ I तिमीले मेरो बुवाको अनौठो धुनपनि सुन्नेछौ र मेरी आमाको हातले छिटो- छिटो सोर्दैगरेको जुठो औ चाबाईसकेको हड्डीको टुक्रा उठाएको दृश्यपनि देक्ख्नेछौ I अजै नजिकबाट हेरेउ भने, मेरी आमाको दुखाई र हजुरआमाले बुहारीमा हुनुपर्ने गुनको ठेपा लगाएको पाउछौ I चिया खादा जब गर- गहना र दहेजको चर्चा हुन्छ, विवाह एउटा संस्थाको रूपमा धेरै चोटी मर्ने गर्छ I मलाई यस सोचको विरुद्ध गर्न मनलाग्छ तर आवाज उठाउन अघिनै मेरो हजुरामाको खस्रो खोकीले मेरो स्वर बिलिन परिदिन्छ I 

मेरा पुर्खाहरु जब वैवाहिक सम्बन्धमा बाधिए, भेदभाव कम थियो जस्तो मलाई लाग्छ I  उनीहरुको समयमा अघिबाटनै टुक्रा क्लबहरुको झुण्ड थिएँन I यी क्लबहरु आजको कालमा जबर्जस्ति एउटा मानिसको जीवनको भाग हुने गर्छन् I उनीहरुले धेरै समाजको बोझहरु उठाउन पर्दैनथियो जस्तो मलाई लाग्छ I मलाई दुख लाग्छ यी कुराहरुले कि उनीहरु आफ्नै मर्जीले विवाह सम्बन्धमा बाधिए, बच्चाहरु पैदा गरे र यसरि नै समाजको निर्माण भएर गयो I यो एउटा छक्कपर्ने कुरा हो कि  मानिसहरुलाई पछिबाट छुट्टाएर, एउटा अलगै धर्मको बाटो हिड्न सिक्कायियो I

जातिप्रथाको सिर्जना असलमा श्रम बिभाजनको निम्ति भएको थियो I रुखहरु काटिए, फेक्ट्रीहरुको निर्माण भएर गयो, केहि मानिसहरुको धन बढ्यो भने केहीलाई  गरिबीको छाप सधैभरिको निम्ति लागेर गयो I जातिप्रथा र धर्म बिभाजन झन् बेसी बढेर गयो I समाजको बोझ जति बेसी बढेर गयो, छूत र अछूतको विश्लेषण पनि उतिनै बढेर गयो I गरिबी र श्रोतको अभावले गर्दा, तिनीहरु समाजदेखि पछाडीएर गए I हरेक वर्नले आ-आफ्ना विवाह सम्बन्धित इकाई नाप्नथाले I यसले गर्दा यी इकाई देखि बाहिर विवाह गर्नुनै प्रथम अशुध र पछि अपमानजनक मानिन थालियो I

मेरो बाल्यकालको मिठो यादहरु धेरै छन् I म हर्षित हुन्छु जब मेरा ति यादहरुको बकस खोल्दा म आफैलाई पाउछु केराको पत्तामा मिठाई खाइरहेको, साथीहरु र आफ़न्तहरुसित रमाईरहेको, हातमा मेहेन्दी र बुट्टे साड़ी लगाएको I तर मेरो तरुनी अवस्थामा म यसलाई नकार्ने गर्दछु I मेरो हजुरआमाले मलाई भन्नुहुन्छ कि यदि मैले उपस्थित क्लबदेखि बाहिर बिहे गरे भने, म समाज बिरुद्ध जान्छु रे, आफ्नु जातिको नाक काट्छु रे I मेरो मनमा प्रश्न उठ्छ कि यदि विवाह नै नारीको अन्तिम उदेश्य हो भने, मन्दिरको भित्ताहरुमा आकेका देव्दासी र अप्सराहरुले किन कहिले विवाह गरेनन् जबकी उनीहरु त रूपको रानी मानिन्थे I पौराणिक ग्रन्थहरुमा उनीहरुलाई वेश्याको दर्जा दिएको छ I यी नारीहरु विवाह सम्बन्धमा जोडिने लायकको थिएनन् भनेर भनिन्छ I उनीहरुको केहि पहिचान छैन I अझ उनीहरुलाई कसैको प्रेमिका बन्नु देखि पनि बन्चित छ I यो उनीहरुको दुर्भाग्य मानिन्छ I किन?  

ब्राह्मणवादी पदानुक्र्म अनुसार हाम्रा पहिचान गोत्रहरुदुवारा आएको भनिन्छ I यी गोत्रहरु पौराणिक रिशिमुनिहरुको नामबाट आएको मानिन्छ I तर यी सब कुराको ज्ञात बाउजुद, मलाई अचम्भ लाग्छ जब मानिसहरु यी रुड़ीवादी विचारलाई अघि सार्नतर्फ लाग्छन I यदि विवाहनै भारतमा उत्पति भएको हो भने, म विवाह  गर्न चाहन्छु तर मेरो नाम बिना, छालाले छोपेको शरीर बिना, यौवन अंगहरु बिना र केवल मेरो विवेकको साथ लिएर I यदि मैले गलत साथी चुने भने पनि, म स्वतन्त्र हुन्छु त्यो सम्बन्धदेखि बाहिर निस्कन र कसैअरुलाई माया गर्न र जिवन कुनै शिर्षकहरु बिना जिउन I यसो हुदा कसैले मलाई टुटिसकेको सम्बन्धमा कर लाउन सक्दैन I म यस्तो संसारमा बस्न चाहनछु जहाँ बच्चाहरु मायाको प्रतिक भएर जन्मेकोहोस र उनीहरुको पहिचान उनीहरुले चाहेको बेला मात्र निर्द्रिस्ट होस I


Rethinking the Tradition of Marriage

Translated by Anshu Chhetri

Anshu is currently an M.Phil. Scholar in the Department of English, University of North Bengal. She is also a Trainee Copywriter and an (ex) News writer. An avid reader and a literature enthusiast, she has also contributed to a number of websites. She calls herself a book-activist, and wants to encourage reading culture. Beat Generation, Bob Dylan and Beatles are her current obsession. She is also a huge Patti Smith fan.


Note: If you find any ways to make this translation better, please reach out to us here.

WhatsApp
Facebook
Twitter
LinkedIn
Email

Related Articles

Four Elements

To Defy the Laws of Tradition

In my current work, I find myself drawn to the use of metallic, iridescent, and fluorescent colors in combination with

Because I am

Because I am

The author of this piece lost all memory of a girl he used to be in love with after undergoing

Scroll to Top